नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण: सुनील पौडेललाई ९ वर्ष कैद र झण्डै साढे २७ करोड जरिवाना

मंगलबार, वैशाख २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणको भ्रष्टाचारमा दोषी ठहर भएका सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला भएको छ।

बैशाख ७ गते दोषी ठहर भएका पौडेललाई विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले आज ९ वर्षको कैद सजाय निर्धारण गर्दै फैसला सुनाएको हो।

विशेष अदालतले पौडेलविरुद्ध बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँको जरिवाना तोकेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्