लुम्बिनी प्राविधिक विश्वविद्यालयको नाममा जग्गा छिट्टै आउँछ: मन्त्री खत्री

मंगलबार, वैशाख २५, २०८१

दाङ । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले लुम्बिनी प्राविधिक बिश्व विद्यालयको नाममा छिट्टै जग्गा आउने बताएका छन् ।

आज विश्वविद्यालयका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै  मन्त्री खत्रीले बिश्वविद्यालयलाई बिश्वमै चिनाउने गरि कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका हुन्  ।

उनले केही दिनमा जग्गा प्राप्तीको काम हुने जानकारी गराउँदै मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने बताए । जग्गाको सम्बन्धमा संघीय सरकारका भूमि ब्यवस्था मन्त्री बलराम अधिकारीसँग मन्त्री खत्रीले आज नै छलफल गरेका छन्  । मन्त्री खत्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत यस विषयमा छलफल गरिसकेको जानकारी दिए ।

सो अवसरमा बिश्व विद्यालयका उपकुलपति प्रा. डा.विनोदप्रसाद ढकाल, सेवा आयोगका अध्यक्ष कृष्णप्रसाद घिमिरे, रेक्टर रेगबहादुर भण्डारीले सहकुलपति समेत रहनुभएका मन्त्री खत्रीलाई बिश्व विद्यालयको विभिन्न कार्यक्रम र भावी योजना बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्