तुलसीपुर उद्योग वाणिज्य संघमा बिनिल नेतृत्व टिमको जित निश्चित रहेको कांग्रेस नेताहरूको दाबी

मंगलबार, वैशाख २५, २०८१
Neuro hospital Nepalgunj

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा बिनिल केसी नेतृत्वको टिमको जित सुनिश्चित रहेको दाङ कांग्रेसका शीर्ष नेताहरूहरुले दाबी गरेका छन् ।

आज तुलसीपुरमा कांग्रेसबाट उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार बनेकाहरुसँग छलफलमा कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले केसी नेतृत्वको टिमको जित सुनिश्चित रहेको बताएका हुन् । केन्द्रीय सदस्य गिरीले भने-" अध्यक्षका उम्मेदवार केसी निकै सालिन र भद्र व्यक्ति सबै उद्योगी व्यवसायीको पहिलो रोजाइ रहेको हुँदा लगभग जित निश्चित रहेको छ।"

उम्मेदवारसँगको छलफलमा लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरीले बिनिल केसी नेतृत्वमा बलियो टिम प्रस्तुत गरेको भए पनि जितका लागि प्रजातन्त्रमा विश्वास राख्ने सबै निष्ठापूर्वक लाग्नुपर्ने बताए।

त्यस्तै कांग्रेस नेता केशब आचार्यले व्यापार व्यवसायमा २५ वर्ष लामो अनुभव भएका केसीको सालिन टिमका पक्षमा सबैलाई आग्रह गरे। 

नेपाली काँग्रेस क्षेत्र नं.३ का  क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको छलफल कार्यक्रममा क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, दाङ क्षेत्र नं.३ का सचिव शोभाकर सापकोटा, महाधिबेशन प्रतिनिधि युवराज खड्का, अरुण लहरे, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्तीले लगायतले चुनावी रणनीतिका बारेमा परामर्श दिएका थिए ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्