चट्याङ लागेर एक बालकको मृत्यु, एकै परिवारका ३ जना घाइते

मंगलबार, वैशाख २५, २०८१
Neuro hospital Nepalgunj

अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको भण्डारीको  चट्याङ लागेर मृत्यु भएको हो ।

गएराति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

चट्याङले एकै परिवारका तीन घाइते

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । 

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  । रासस।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्