हस्याङफस्याङ गर्दै उपेन्द्र पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

पार्टी फुट्नु राम्रो होइन : प्रधानमन्त्री
मंगलबार, वैशाख २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पार्टी फुट्नु राम्रो नभएको सुझाव दिएका छन् ।

अमेरिकाबाट फर्के लगत्तै आज बिहान हस्याङफस्याङ गर्दै प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका जसपा अध्यक्ष एवं सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई सरकारमै रहेको पार्टी फुटेको राम्रो सन्देश नजाने भन्दै मिलेर नै जानुपर्छ भन्ने कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने- " दलहरू यसरी फुट्नु राम्रो हुदैन। अझै सत्ता गठबन्धनमै रहेको पार्टी जसपा फुट्नुराम्रो भएन।"  जसपा फुटेको राम्रो भएन, सकभर मिलेर नै जानुपर्छ र एकआपसमा मिलेर जानका लागि सबैसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अध्यक्ष यादवलाई सुझाएका हुन् ।

संघीय संसदतर्फ १२ सांसद रहेको जसपाका ७ जना सांसदहरु अशोक राईको नेतृत्वमा दर्ता भएको जनता समाजवादी पार्टीमा समाबेश भइसकेका छन् । आधाभन्दा बढी सांसदहरु राई नेतृत्वमा गएपछि अप्ठ्यारो पर्ने अवस्था आउँदा यादव आज प्रधानमन्त्रीलाई भेट्न् पुगेका हुन् ।

जसपाले सोमबार एक विज्ञप्ति जारी गर्दै संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धि अध्यादेश खारेज भएको अवस्थामा नयाँ दल दर्ता नहुने बताएको छ। 

यादवबाट अलग भएर राई नेतृत्वले नयाँ कार्यसमिति समेत बनाइसकेको छ। कार्यसमितिमा पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् भने रेणु यादवलाई सहअध्यक्ष चयन गरिएको छ।

त्यस्तै परशुराम बस्नेत, नवलकिशोर साह, रणध्वज लिम्बू र सुशीला श्रेष्ठ उपाध्यक्षमा र बाँकेका इस्तियाक राई महासचिव बनेका छन् ।

त्यसैगरि उपमहासचिवमा दीपक कार्की , प्रदीप यादव , रन्जु ठाकुर सचिव र  डा.वीरेन्द्र महतो कोषाध्यक्षमा चयन भएका छन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्