'पालि खरैको' गीतले दर्शकको अपार माया पाँउदै

सोमबार, वैशाख २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । 'पालि खरैको' बोलको लोक दोहरी गीत सार्वजनिक भएको छ। सुर्य कुमार परियार र पूर्ण राज बेलवासेको रचनामा वसन्त थापा र सुष्मा बिसीले स्वर दिएको 'पालि खरैको' को संगीत सागर लम्सालले दिएका छन् ।

बैशाख २० गते सार्वजनिक भएको गीतलाई हालसम्म झण्डै १ लाख बढी दर्शकले अवलोकन गरिसकेको उक्त गीत पारिवारिक जीवनलाई समेटेर बनाइएको छ।

जेरी भण्डारीले निर्देशन गरेको 'पालि खरैको' टीका भुजेल र सोबिता सिलवालले अभिनय गरेका छन् भने यसको छायांकन राजेश घिमिरेले गरेका हुन् ।

सार्वजनिक भएको छोटो समयमै लाखौं दर्शकले अवलोकन गरिसक्दा यस गीतले दर्शकहरुलाई भव्य रुपले  मनोरञ्जन दिदै दर्शकको अपार माया पाइरहेको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्