आज पनि देशभरका बैंकहरु खुला

शनिबार, असार २३, २०८०

काठमाडौं  । आर्थिक वर्ष २०७९-८० को भुक्तानी को समय असार २४ गतेसम्म मात्रै भएकाले आज पनि बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् । 

नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएपछि बैंकहरु खुलेका छन् ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्