आज बागमती प्रदेशभर सार्वजनिक बिदा

सोमबार, वैशाख २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । बागमती प्रदेशभर साज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज बागमती प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए । 

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरे अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । 

आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्