को-को छन् अशोक राईको नयाँ कार्यसमितिमा? इस्तियाक राई महासचिव

सोमबार, वैशाख २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जनता समाजवादी पार्टी फुटेर अशोक राईको नेतृत्वमा बसेको बैठकले  नयाँ ३१ सदस्य कार्यसमिति गठन गरेको छ। 

पार्टी फुटेसँगै राईसहित ७ सांसदको समर्थनमा निर्वाचन आयोगमा दर्ता हुँदै पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् भने रेणु यादवलाई सहअध्यक्ष चयन गरिएको छ।

त्यस्तै परशुराम बस्नेत, नवलकिशोर साह, रणध्वज लिम्बू र सुशीला श्रेष्ठ उपाध्यक्षमा र बाँकेका इस्तियाक राई महासचिव बनेका छन् ।

त्यसैगरि उपमहासचिवमा दीपक कार्की , प्रदीप यादव , रन्जु ठाकुर सचिव र  डा.वीरेन्द्र महतो कोषाध्यक्षमा चयन भएका छन् ।

यस्तो छ ३१ सदस्य कार्यसमिति-

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्