जसपा फुट्यो, अशोक राईले ७ सांसदको समर्थनमा आयोगमा दिए निवेदन

आइतबार, वैशाख २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ। उपेन्द्र यादव र अशोक राईबीच पार्टी विभाजन भएपछि नयाँ दलका लागि राईले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

जसपामा संघीय संसदतर्फ १२ सांसद रहेकोमा राईले उनीसहित ७ सांसदको समर्थनमा आयोगमा आज निवेदन दर्ता गराएका हुन् ।

राईको टोलीमा उनीसहित नवलकिशोर साह,प्रदीप यादव, रञ्जु कुमारी झा, विरेन्द्र महतो,सुशिला श्रेष्ठ र हसिना खान छन् । सांसद साह वन तथा वातावरण मन्त्री हुन् ।

त्यसैगरी यादवको साथमा उनीसहितका सांसदहरु राजकिशोर यादव , प्रकाश अधिका, रेखा यादव र छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्