नेपालगन्जबाट लाखौंको अबैध सामग्री बरामद

आइतबार, वैशाख २३, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट भन्सार छली गरेर ल्याइएको पौने ३ लाख बढीको अवैध सामग्री बरामद गरेको छ।

बाँके प्रहरीले शनिबार र आइतबार दिउँसोसम्ममा भारतबाट भन्सार छली गरेर अवैध रुपमा ल्याइएको विभिन्न अवैध सामग्रीसहित ओसारपसारमा प्रयोग गरिएका २ वटा मोटरसाइकल र ३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार बरामद गरिएका २ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामग्रीमा पिय पदार्थ, स्ट्याबिलाइजरका सामग्री , सुतीको कपडा र प्याज लगायत बरामद गरिएको २ वटा मोटरसाइकलसहित ३ जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्