जंगली च्याउ खाएर एकै परिवारका पाँच जना गम्भीर बिरामी

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

बैतडी । बैतडीमा जंगली च्याउ खाएर एकै परिवारका  पाँच जना गम्भीर बिरामी भएका छन् ।

बैतडी प्रहरीका अनुसार च्याउ खाएर गम्भीर बिरामी पर्नेमा  सुर्नया गाउँपालिका-३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा हुन् ।

जंगली च्याउ खाएर एक्कासी बिरामी परेका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल डडेल्धुरा ल्याइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्