ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते

आइतबार, वैशाख २३, २०८१

ललितपुर  । ललितपुरमा आगलागी हुँदा एकै घरका ५ जना  घाइते भएका छन् । 

आज बिहान ललितपुर महानगरपालिका-१७ म  रहेको एउटा टहरामा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

ललितपुर प्रहरीका अनुसार आगलागीबाट घाइते हुनेमा  सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल लगिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

मोबिल स्टोरमा रहेको टहरामा आगलागी हुँदा ५ जना घाइते भएका हुन् । अहिले आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्