सयको नोटमा चुच्चे नक्सा छाप्न लाग्दा भारतीय विदेशमन्त्री भने- धरातलीय यथार्थ परिवर्तन हुँदैन

आइतबार, वैशाख २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतीय विदेशमन्त्री जयशंकरले नेपालले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा  असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गरेका छन् ।

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको प्रशंङ्गमा भारतीय पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग राखेको जिज्ञासामा उनले भने-" हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।"

नेपाल सरकारको निर्णयबारे विस्तृत जानकारी नभएको बताउँदै उनले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनले बताए ।

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो । भारतले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

विदेशमन्त्री जयशंकरले नेपालको एकल उक्त कदमले केही फरक नपर्ने बताएका हुन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्