नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

आइतबार, वैशाख २३, २०८१
Neuro hospital Nepalgunj

महेन्द्रनगर  । नदीमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ। 

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको हो। नदीमा डुबेका दुई जनाको उद्दार गरेको प्रहरीले जानकारी दिएको छ।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्