जयनगर-जनकपुर-भंगहा रेल सेवा आजदेखि बन्द

आइतबार, वैशाख २३, २०८१
Neuro hospital Nepalgunj

जनकपुर । जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने भएको छ । भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि  तीन दिनसम्म बन्द गरिने भएको हो ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा शनिबार जारी सूचनामा जनाइएको छ । 

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । 

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्