मटावाहरुको तीन दिने क्षमता बिकास तालिम

शनिबार, वैशाख २२, २०८१

दंगीशरण । पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आयोजना तथा पालिका स्तरीय मटावा महासंघ दंगीशरण गाउँपालिकाको समन्वयमा ३ दिने थारु जातीका मटावाहरुको क्षमता बिकास तालिम आजदेखि दंगीशरण ३ को हेकुलीमा सुरु भएको छ ।

मटवा महासंघ दंगीशरणका अध्यक्ष जगतराम चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा ३ दिने तालिमको उद्घाटन गरिएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष  गिरीले  नयाँनयाँ निति नियम आएकाले मटवाहरु पनि समय सापेक्षित तवरले अगाडि बढ्नुपर्ने बेला आएको बताए ।आफूहरु छिट्टै मटवा विद्ययक ल्याउने तयारीमा रहेको समेत जानकारी दिए । मटवाहरु न्याय दिलाउन र समाजलाइ सु-सुचित बनाउन विशेष तरिकाले लाग्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले मटवाहरुको हकहित र मटवाहरुलाइ दक्ष बनाउने सवालमा आफुहरु लागी परेको बताइन्  ।

यस्तै वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले मटवाहरुले धेरै बर्ष पहिले देखि गाउँ समाजलाइ अत्यन्त राम्रोसँग चलाएको र समाजलाई अनुशासनमा हिंडाउन खेलेको भूमिकाको उच्च प्रसंशा गरे ।

३ दिन सम्म चल्ने अभिमुखिकरणमा मटवाहरुलाई न्यायिक सम्पादन तथा मटवा काम कर्तब्य र अधिकार सम्बन्धि जानकारी दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्