सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका  सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

सचिव राउतलाई सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चले सचिव राउतलाई थुनाबाहिर रहेर मुद्दा लड्न पनि आदेश दिएको हो । सचिव राउतलाई सिआईबीले ललिता निवास प्रकरणमा गत असार २४ गते पक्राउ गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्