अन्तिम खेलमा नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले हरायो, सिरिज भयो ३-२

शनिबार, वैशाख २२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । टी-२० को अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको छ। त्रिवी मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको १७३ रन पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.५  ओभरमा लक्ष्य भेटाउदै विजयी बनेको हो।

यो जितसँगै नेपाल सिरिजमा ३-२ ले पछाडि परेको हो। 

नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेल १३ रनमा आउट भए। अनिल साहले ५८  रन बनाए भने कुशल मल्लले ३७ रन बनाएका हुन् ।  वेष्ट इन्ढिजका   ले सर्वाधिक ओभेड म्याकवेले ३  विकेट लिए।

पहिलो इनिङमा वेष्ट इन्डिजका म्याथ्यु फोर्डले २३, जोनसन चार्ल्सले २४ रन बनाए भने रोस्तन चेजले ३४ रन बनाए। त्यसैगरि एलिक एथानेजले ३२ रन जोडे।

वेष्ट इन्डिजविरुद्द नेपालका सागर ढकालले  ३, सोमपाल कामीले ३ तथा अभिनाश बोहराले १ विकेट लिए।

विश्वकप अघिको नेपाल र वेष्ट इन्डिज ए बीचको टी-२० को अन्तिम खेल आज हुँदैछ। सिरिजमा ३-१ ले जितिसकेको वेस्ट इन्डिजविरुदको आजको खेल नेपाललाई विश्वकपको तयारी स्वरुप लिइएको छ।

यसअघिको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल दोस्रो र तेस्रो र चौथो खेलमा क्रमश १०,७६ र २८ रनले पराजित हुँदै अन्तिम खेलमा  विजयी बनेको हो।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्