शरीरलाई स्वस्थ बनाउन बुटवलमा निःशुल्क जुम्बा

शनिबार, वैशाख २२, २०८१

बुटवल । नेपाल कृषि प्रधान देश भनेर चिनिए पनि तर उत्पादनमा भने कमजोर छ । जसका कारण नेपाल अन्न उत्पादनको उर्वर भूमि मानिए पनि खाद्यान्नदेखि फलफुलसम्म भारतबाट आयातित हुने गर्दछ । 

स्वदेशमा उत्पादित र बाह्य मुलुकबाट आयातित भएका खाद्यान्नमा अत्याधिक विषादी प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्दै गएको देखिन्छ । जसका कारण पछिल्लो समय मानिसहरुलाई विभिन्न प्रकारका रोगहरु देखा पर्ने गरेका छन् । त्यसो त गाउँदेखि सहरमा बसाई गरेर बस्दै आएकाहरु विषादीयुक्त भान्साले विभिन्न समस्या ल्याएको देखिन्छ। 

ब्लड प्रेसर, सुगर, थाइराइड लगायत रोगहरु हरेक मानिसमा देखिने गरेको छ । जुन मानव स्वास्थ्यको लागि निकै घातक मानिन्छ । विषादी प्रयोग गरेको खाने तर शारीरिक व्यायाम भने नहुने भएकाले मोटोपन बढ्दै जाँदा मुटुको समस्या पनि देखा पर्दै गएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । 

सोही कुरालाई मध्येनजर राख्दै बुटवल उपमहानगरपालिका वडा न-१० कालिकानगर स्थित रहेको कालिका कराँते डो एकेडेमीको आयोजनामा शुक्रवारदेखि दुई दिने नि:शुल्क जुम्बा, एरोबिक सञ्चालन भएको कालिका कराँते डो एकेडेमीका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए । अध्यक्ष देवकोटाले भने- यो कार्यक्रमले महिला दिदीबहिनीहरुलाई मानसिक, शारीरिक रुपमा स्वस्थ राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

विशेषगरी महिलाहरु घरमा बस्ने र शारीरिक व्यायाम सम्बन्धि काम नगर्ने भएकाले महिलाहरुमा देखापर्दै गएको समस्याहरुलाई निराकरण गर्नका लागि वडावासी महिलाहरुलाई निःशुल्क जुम्बा एरोबिक काडियो र डान्सिङ एक्सरसाइज एवं सम्बन्धि प्रशिक्षण दिइने प्रशिक्षक यकु दर्लामीले बताइन् । प्रशिक्षक दर्लामी भन्छिन् यो महिलाहरुको लागि अत्यन्त स्वास्थ्यवर्धक हो। जसले महिलाहरुमा बढ्दै गएको मोटोपन, हातखुट्टा दुख्ने नसा च्यापिने लगायत समस्याबाट बचाउने छ । जसको नियमित रुपमा व्यायाम गरिरहनुपर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्