टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

शुक्रबार, वैशाख २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । टी-२० विश्वकप खेल्ने टोलीको आज बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन २ बाट अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुन लागेको टी-२० विश्वकप खेल्ने खेलाडीहरुको आज बिदाइ गरेको हो। 

बिदाइ गरिएको नेपाली टोली भोलि साँझ वेष्ट इन्डिज प्रस्थान गर्नेछ। त्यहा अभ्यास गरेपछि नेपाली टोली अमेरिका जानेछ। नेपालले अमेरिकामा 

समूह डी मा रहेको नेपालसहित साउथ अफ्रिका, श्रीलंका, बंगलादेश नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा पहिलो खेल अमेरिकाको डलासमा नेदरल्यान्ड्ससँग  र १४ जुनमा दोस्रो खेल पनि डलासमै श्रीलंकाविरुद्ध खेल्नेछ। त्यसैगरी तेस्रो खेल नेपालले १४ मा 

साउथ अफ्रिका र १६ जुनमा समूह चरणको अन्तिम खेल बंगलादेशसँग वेष्ट इन्डिजमा खेल्नेछ। टी-२० विश्वकप जुन २ देखि २९ जुन सम्म हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान),अनिल कुमार साह, कुशल भुर्तेल, आशिफ शेख,कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी,ललित राजवंशी,गुल्शन झा, सोमपाल कामी,प्रतिश जिसी, सन्दीप जोरा, सागर ढकाल,अभिनाश बोहरा र कमलसिंह ऐरी छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्