कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

आज  सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै शर्माले  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् । 

उनले मन्त्रीद्धयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको बताए । 

डा. शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डीआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धन्यवादको पात्र भए पनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गरे ।  सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए । 

अहिले देशमा १ क्विन्टल सुन बरामद प्रकरणमा १० जना पक्राउ परिसकेको अवस्थामा तस्करीको बारेमा छानबिनमा सघाउन राजिनामा मागिएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्