वेष्ट इन्डिजले 'ए' ले नेपाललाई दियो २१० रनको लक्ष्य

बिहीबार, वैशाख २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल र वेष्ट इन्डिज ए बीचको टी-२० को चौथो खेलमा नेपालले २१० रनको विशाल लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभर खेल्दै ३ विकेट गुमाएर २०९ रन बनाएको हो।

सिरिजमा २-१ पछि परेको नेपालविरुद्द वेष्ट इन्डिजविरुद  आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन बनाए ।नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।

नेपालले आजको खेल जिते सिरिज जित्ने सम्भावना कायमै रहने हुँदा नेपाललाई आज जित्नै पर्ने दवाव छ। यसअघिको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल दोस्रो र तेस्रो खेलमा १० र ७६ रनले पराजित भएको थियो।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्