बाँके प्रहरीले बरामद गर्यो ८ लाखको मोबाइल डिस्प्ले 

बुधबार, वैशाख १९, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको छ।

प्रहरीको टोलीले नेपालगन्ज-४ बसपार्कबाट भन्सार छली गरेर ल्याइएको अवैध ४ सय पिस स्मार्ट मोबाइलको  डिस्प्ले बरामद गरेको जानकारी दिएको छ।

बरामद गरिएको उक्त अवैध ४ सय पिस डिस्प्लेको मूल्य ८ लाख रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

बाँके प्रहरीले बरामद गरेको डिस्प्लेहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्