राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको अध्यक्षमा अमरेश र उपाध्यक्षमा नितेष मौर्य

बुधबार, वैशाख १९, २०८१
Neuro hospital Nepalgunj

लुम्बिनी । राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको तदर्थ समितिको अध्यक्षमा अमरेश प्रताप सिंह चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा बाँकेका नितेशसिंह मौर्य र जय बहादुर सुनार चयन भएका छन् ।

त्यस्तै राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको तदर्थ समितिको महासचिवमा गम्भीर सारु, सचिवका हिमाल एम.सी. चयन भएका छन् । त्यसैगरी समितिको कोषाध्यक्षमा गिता चौधरी चयन भएकी हुन् ।

बैशाख १६ गते महासंघका केन्द्रीय प्रतिनिधि होमबहादुर सुनारको अध्यक्षता र लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य सचिव जय प्रकाश भट्टराईको रोहवरमा गरिएको तदर्थ समितिको सदस्यहरुमा बिमल थापा, साजन पचभैया,सित्तल क्षेत्री, राकेश मगर र सेवक ढकाल चयन भएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्