नेपालले वेष्ट इन्डिज ए लाई जित्न २२८ रनको टार्गेट, चार्ल्सले हाने ११९

बुधबार, वैशाख १९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा जारी नेपाल र वेष्ट इन्डिज ए बीचको ५ टी-२० सिरिजको तेस्रो खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई  २२८  रनको विशाल लक्ष्य दिएको छ। 

आज त्रिवी मैदानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा  ३  विकेट गुमाउँदै २२७  रन बनायो।

वेष्ट इन्डिज ए का लागि जोनसन चार्ल्सले शतक बढी हानेका छन् । उनले नटआउट रहदै ६१ बलमा सर्वाधिक ११९  रन बनाए । त्यस्तै एलिक एथानाजेले १७ रन बनाएर आउट भए। आन्द्रे फ्लेचरले ५३  रन बनाए।

नेपालका लागि सागर ढकाल र करण केसीले १-१विकेट लिए।

नेपाल  सितिजको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल आजको दोस्रो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको हो। टेष्ट राष्ट्र एवं दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्दै दिएको १६१ रनको लक्ष्यलाई नेपालले ९ विकेटको क्षेतिमा २० ओभर खेल्दै १५० रन  बनाएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्