मस्जिदमा गोली चल्यो, ६ जनाको मृत्यु

बुधबार, वैशाख १९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं। मस्जिदमा  अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। आक्रमणकारीले अफगानिस्तानको हेरात प्रान्तको एक मस्जिदमा गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । साथै अन्य एक जना घाइते भएका छन् । 

त्यहाको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले यसबारेमा जानकारी दिएका हुन् । 

प्रान्तको गोजारा जिल्लाको शाहराक क्षेत्रमा साँझको नमाज पढिरहेका उपासकहरूमाथि एक बन्दुकधारी आक्रमणकारी समूहले गोली चलाएपछि सो घटना भएको हो । 

आक्रमणमा मारिएका सबै सर्वसाधारण नागरिक थिए । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्