नेपालले आज वेष्ट इन्डिज ए विरुद्द तेस्रो खेल खेल्दै

बुधबार, वैशाख १९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालले आज वेष्ट इन्डिज ए सँग तेस्रो  टी-२० खेल्दैछ।  आजको खेल त्रिवि मैदानमा सवा १२ बजे सुरु हुँदैछ। जारी सिरिजको पहिलो खेलमा  वेष्ट इन्डिज ए नेपालसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

पहिलो खेलमा वेष्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्यलाई २ बल बाँकि हुँदै नेपाल विजयी भएको थियो। जसमा नेपालका कप्तान रोहित पौडेलले ११२ रन बनाएका थिए। दोस्रो खेलमा नेपालले पाएको १६१ रनको लक्ष्य भेटाउन नस्कदा १० रनले पराजित भएको हो।

नेपाली टिममा कप्तान रोहित पौडेलसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, सन्दीप जोरा छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको  चौथो खेल मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

आगामी  जुन २ मा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि वेष्ट इन्डिज र नेपाल अभ्यास स्वरुप टी-२० सिरिज खेल्दैछन।

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्