डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो, हवाई इन्धनको मूल्य बढ्यो

मंगलबार, वैशाख १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगम  इन्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै नेपालमा पेट्रोलियम पदार्थको भाउ घटाएको हो । 

जसअनुसार डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ। तर पेट्रोल र एलपीजी ग्याँसको मूल्य भने यथावत् राखिएको छ । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ सात डलर वृद्धि गरिएको निगमले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्