कर्णाली सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

मंगलबार, वैशाख १८, २०८१
Neuro hospital Nepalgunj

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा र उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री दुर्गा रावतले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

त्यस्तै कर्णाली सरकारकी राज्यमन्त्री गौमता विकले पनि शपथ लिएकी हुन् भने कृषि मन्त्री विनोद शाह शपथ कार्यक्रम अनुपस्थित भएका छन् 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्