गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

मंगलबार, वैशाख १८, २०८१

ललितपुर । ललितपुरको गोदावरीमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जना मध्ये एक जनाको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका मध्ये अवस्था गम्भीर रहेका शंकर पहारीको उपचारका क्रममा मृत्री भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

आज दिउँसो डढेलो निभाउने क्रममा बडिखेलका शंकर पहारी र रमेश पहारी घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि कृर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो।

त्यस्तै केही दिनदेखि लागेको डढेलो गोदावरी नगरपालिका-६ स्थित आनन्द वनमा फैलिँदा त्यहा रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्तै सारिएको छ। त्यहा रहेका ९३ जना बिरामीलाई अन्तै पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्