गोदावरीमा लागेको डढेलो निभाउने क्रममा दुई जना घाइते, एकको अवस्था गम्भीर

मंगलबार, वैशाख १८, २०८१

ललितपुर । ललितपुरको गोदावरीमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

आज दिउँसो डढेलो निभाउने क्रममा बडिखेलका शंकर पहारी र रमेश पहारी घाइते भएका छन। उनीहरुलाई उपचारका लागि कृर्तिपुरस्थित वर्न  अस्पताल लगिएको ललितपुर प्रहरीले जनाएको छ। घाइते मध्ये शंकरको अवस्था गम्भीर रहेको छ।

केही दिनदेखि लागेको डढेलो गोदावरी नगरपालिका-६ स्थित आनन्द वनमा फैलिँदा त्यहा रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्तै सारिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्