चट्याङ लाग्दा रोल्पामा वडा सदस्यको मृत्यु

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

रोल्पा । रोल्पामा चट्याङले हानेर वडा सदस्यको मृत्यु  भएको छ ।

कान्छो भाईको घरमा सुतेको बेला चट्याङले हान्दा रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ३ का वडा सदस्य दिलबहादुर घर्तीमगरको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ। 

रोल्पाकै सुनछहरी गाउँपालिका वडा नं. २ मा पनि  चट्याङले हानेर एक महिला र बालक घाइते भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्