तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै, अध्यक्षमा बिनिल केसीको चर्चा

मंगलबार, वैशाख १८, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा उम्मेदवार बन्नेहरुको चर्चा सुरु भएको छ। 

अहिले तुलसीपुरमा ब्यापारीका बीचमा चुनाबी सरगर्मी बढेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि निर्वाचन समितिले सार्वजनिक सूचना जारी गरेको छ । आगामी बैशाख २९ गते उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्न निर्वाचन हुँदै छ ।

निर्वाचन प्रयोजनका लागि नामाबली प्रकाशनको प्रक्रिया यही बैशाख २० गते बिहान ११ बजेका लागि तोकिएको छ । छुट नाम समावेश गर्नेदेखि नाम सच्याउने समय बैशाख २१ गते दिउँसो १ बजेसम्म तोकिएको छ । सोही दिन बेलुका ५ बजेसम्म उम्मेदवारको सम्सोधित नामाबली प्रकाशणको समय तोकिएको छ ।

त्यस्तै मतादाता नामाबली उपर दाबी बिरोध बैशाख २२ गते बिहान ११ बजेसम्म गर्न पाइने भएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामाबली प्रकाशणको समय तोकिएको छ । उम्मेदवारको मनोनयन पत्र दर्ताको समयम बैशाख २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

सोही दिन बेलुका साढे ४ बजेसम्म उम्मेदवारको नामाबली प्रकाशन हुने छ । उम्मेदवारी उपर दाबी बिरोध २५ गते दिउँसो १ बजेसम्मलाई तोकिएको छ भने संसोधित नामाबली प्रकाशन सोही दिन दिउँसो ३ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको मनोनयन पत्र फिर्ता लिने अन्तिम सयम २६ गते दिउँसो २ बजेसम्म र अन्तिम नामाबली प्रकाशन सोही दिन बेलुका ५ बजेसम्म तोकिएको छ । यद्यपी निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले यो मोटामोटी खाका मात्रै तयार पारिएको हुँदा यो बीचको समयमा केही फेर बदल तथा संशोधन हुन सक्ने  बताए । निर्वाचन समितिका संयोजक लम्सालले बुधबार आधिकारिक रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक हुने जानकारी दिए ।

२९ गते नयाँ नेतृत्व चुन्नका लागि मतदान हुने समय भने निश्चित छ । उक्त दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । बेलुकी पाँच बजेसम्म मतदान स्थलको डोरी भित्र प्रबेश गरेकाले मतदान गर्न पाउने छन् ।

मतदाताले अनिवार्य रुपमा उद्योग बाणिज्य संघबाट प्रदान गरेको मतदाता परिचय पत्र ल्याउनु पर्नेछ । त्यो नभए आफ्नो परिचय झल्कने नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्नका लागि मतदान हुने छ। मतदान सकिना साथ मतगणना सुरु हुने र गणना सकिना साथ मत परिणाम घोषणा गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि यतिखेर बिभिन्न ब्यक्तिका नामहरु चर्चामा छन् । अहिलेका संघका महासचिव विनिल केसीको अध्यक्ष पदमा एक प्रमुख दाबेदारका रुपमा चर्चामा छ ।

युवा व्यवसायी केसी कलिलै उमेर १८ बर्षदेखि व्यवसायमा लागेका एक सफल व्यवसायी हुन ।

व्यवसायीकाबीच लोकप्रिय उनको बेकरी, डेरी, होटेल लगाएत क्षेत्रमा लगानी रहेको जानकारहरु बताउँछन् । मृदुभाषी र शालिन स्वभावका केसीको व्यवसायका अलवा बिभिन्न संघ संस्थामा आवद्धता छ । केसी राप्ती बबई क्याम्पस संचालक समितिका कोषाध्यक्ष पनि हुन। केसीसहितको टिम संचालक समितिमा पुगेपछि आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको क्याम्पसले यो बीचमा कायापलट गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्