खोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु

मंगलबार, वैशाख १८, २०८१

धनगढी । कैलालीमा खोलामा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीमा खोलामा नुहाउने क्रममा डुबेर १३ वर्षीय बालक राजिव चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार लक्ष्मण चौधरीका छोरा राजिवको गोदावरी नगरपालिका-८ स्थित हाटखोलीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्