इलाम-२ मा एमालेका सुहाङ निर्वाचित, रास्वपाको जमानत जफत

मंगलबार, वैशाख १८, २०८१
Neuro hospital Nepalgunj

इलाम।  इलाम-२ को उपनिर्वाचनमा नेकपा एमाले नै निर्वाचित भएको छ। यसअघि पनि एमाले नै बिजयी भएको इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका हुन् ।

स्व.सुवासचन्द नेम्वाङ पुत्र सुहाङले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाए। स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिङले ११ हजार ५४७ मत ल्याउँदै तेस्रो भए। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ। उनले ५ हजार ५० मत प्राप्त गरे। रास्वपासहित १६ उम्मेदवारको जमानत जफत भएको छ । १९ जना चुनावी प्रतिस्पर्धामा रहेका बेलामा रास्वपाका मिलन लिम्बूसहित १६ को जमानत जफत भएको हो । 

कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो । 

जमानत जफल हुनेहरुमा मनिबहादुर लिम्बूले ८१६, जीतबहादुर राईले ४०८, लक्ष्मी गुरुङले ४०४, रेशमबहादुर सुनारले २०६, प्रेमकुमार थाम्सुहाङले ११८, र अर्जुनबहादुर शाहीले ५५ मत ल्याए । 

त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए । 

२०७९ को निर्वाचनमा खड्का सुवासचन्द्रसँग ११४ मतले  पराजित भएका कांग्रेसका खड्कालाई छोराले भने ५ हजार ८३० मतान्तरले हराएका छन् । गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्