सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाले मनायो १७ औं वार्षिकोत्सब [फोटोफिचर]

सोमबार, वैशाख १७, २०८१

बर्दिया । सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाले आज आफ्नो १७ औं वार्षिकउत्सव भब्यताका साथ मनाएको छ।

सशस्त्र प्रहरी बल नं.५ विन्द्याबासिनी बाहिनी लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि खत्रीले बर्दियामा सशस्त्र प्रहरी बलले गरेको सीमा सुरक्षा, अवैध तस्करी र अवैध उत्खनन नियन्त्रणमा र जिल्लाको शान्ति सुरक्षाप्रति गरेको जिम्मेवारीको उच्च मुल्यांकन गरिएको बताउँदै आफ्नो जिम्मेवारी अझै कर्तव्यनिष्ट भएर गर्न सशस्त्र प्रहरीका सकल दर्जालाई निर्देशन दिएका थिए।

त्यसैगरी डीआईजी खत्रीले विशेष गरेर सीमा नजिक रहने बिओपीका कमाण्डरहरुलाई अवैध तस्करी, सीमा नाकामा हुने अपराध , मानव वेचविखन , लागूऔषध ओसारपसार नियन्त्रण  लगायतका कुरामा कडाइका साथ लाग्नु पर्ने निर्देशन दिएका हुन् ।

वार्षिकोत्सब कार्यक्रममा जिल्लाका सबै स्थानीय तहको तर्फबाट बोल्दै गुलरिया नगरपालिका मेयर मुक्ति यादवले स्थानिय पालिकाहरुको तर्फबाट सशस्त्र प्रहरीलाई सधै साथ र सहयोग रहने बताए। त्यस्तै अर्का वक्ता जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर विष्टले सशस्त्र प्रहरीलाई सहयोग गर्न जिल्लाका सबै पालिकालाई जानकारी गराउने बताए। उनले भने-" जिल्ला समन्वय समिति र सशस्त्र प्रहरीसँगै अनुगमनमा जादा झनै राम्रो हुन्छ।"

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बर्दियामा सशस्त्र प्रहरीले गरेको कार्यप्रति उत्कृष्ट मुल्यांकन रहेको बताउँदै सशस्त्र प्रहरीले बिपद्जन्य घटना लगायत जिल्लाका सीमा नाकाबाट हुने अवैध तस्करी र अवैध उत्खनन नियन्त्रणमा सर्हानिय कार्य गरेको बताए।

गणको १७ वार्षिकोत्सबका अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार तथा वितरण गर्दै अमर सशस्त्र प्रहरी सहिद परिवारलाई सम्मान गरिएको थियो। त्यस्तै कार्यक्रममा कविता वाचनका साथ सांस्कृतिक कार्यक्रम नृत्य प्रस्तुत गरिएको कार्यक्रममा भुतपुर्व सशस्त्र प्रहरीलाई पनि सम्मान गर्दै

१७ वटा बेलुन उडाएर १७ औं वार्षिकोत्सबका अवसरमा केक काटिएको सशस्त्र प्रहरी बल नं.३१ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र थापाले जानकारी दिएका छन् ।

डीआईजी खत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादुर विष्ट, गुलरियाका मेयर मुक्ति यादव , मधुवनका मेयर तेजबहादुर  भाट, प्रजिअ बेदप्रसाद खरेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई समापन गर्दै सशस्त्र प्रहरी बल नं. ३१ का प्रमुख एसपी चित्राङ्गत दाहालले उपस्थित सम्पुर्णलाई आभार प्रकट गर्दै सशस्त्र प्रहरीलाई सल्लाह र सुझाब दिन आग्रह गरेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण धिताल, गाउँपालिका प्रमुखहरु, बाँकेस्थित नौबस्ता सशस्त्र प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी प्रवीण कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख, बर्दियास्थित सशस्त्र प्रहरी बिओपी तथ बेसका प्रमुख लगायत सरकारी निकायका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको  १७ वार्षिकोत्सब कार्यक्रमको सन्चालन सशस्त्र प्रहरी निरीक्षक कमल थानीले गरेका थिए।

राष्ट्रिय धुन बजाएर सुरु गरिएको वार्षिकोत्सब कार्यक्रममा वृक्षारोपण रोपन पनि गरिएको थियो।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्