केही व्यक्तिलाई म प्रधानमन्त्री बन्छु कि भनेर पोल्न थाल्या छ: माधव नेपाल

सोमबार, वैशाख १७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको बताएका छन् ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा एस निकट अखिल नेपाल महिला संघ समाजवादीले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले  आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको बताउँदै जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए । 

नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए ।

उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ म भन्न चाहन्छु । त्यसो हुनाले परिस्थितिलाई हामीले आफ्नो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ ।"

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्