बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

सोमबार, वैशाख १७, २०८१
Neuro hospital Nepalgunj

बझाङ । नेकपा एमालेका दमनबहादुर भण्डारी बझाङ प्रदेश सभा १ (१) मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा  निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए । 

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे । 

साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ९ सय ६७ र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ उम्मेदवार थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्