माङ्सेबुङको ५ नम्बर वडामा रास्वपाका उम्मेदवारलाई ३ मत मात्रै

सोमबार, वैशाख १७, २०८१
Neuro hospital Nepalgunj

इलाम । प्रतिनिधि सभा क्षेत्र इलाम-२ को मतगणना जारी छ। हालसम्म नेकपा एमालेका सुहाङ नेम्वाङले फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन् ।

इलाम-२ को माङ्सेबुङ गाउँपालिका-५ को मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले ३ मत मात्र पाएका छन् । उक्त वडामा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंहले एकलौटी १०३२ मत पाएका छन् ।

एमालेका सुहाङ नेम्वाङले ६९, कांग्रेसका डम्बरबहादुर खड्काले ४९ र रास्वपाका मिलन लिम्बूले ३ मत मात्र पाएका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्