इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरका साथ अगाडि

सोमबार, वैशाख १७, २०८१
Neuro hospital Nepalgunj

इलाम। इलाम-२ को मतगणनातर्फ नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मत परिणाम अनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् । 

त्यस्तै उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मत ल्याएका छन्।  सुहाङ  खड्का भन्दा ३ हजार ५९ मतले अगाडि छन् 

त्यसैगरि स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५ हजार ५९१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले १ हजार ४४३ मत ल्याएका छन् ।

अहिले माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्