बझाङमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

सोमबार, वैशाख १७, २०८१
Neuro hospital Nepalgunj

बझाङ । बझाङ प्रदेश सभा १ (१) को  मतगणनामा  नेपाली कांग्रेसले अग्रता लिएको छ।छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रमा भइरहेको मतगणनामा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंह अगाडि रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ८४०६ मत ल्याएका छन्। 

एमालेका दमनबहादुर भण्डारीले ८१६५ मत ल्याएका छन् । दुवैबीच २४१ मतको फरक रहेको छ । 

माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा रहेका छन् । उनले ३११३ मत ल्याएका छन् । 

चौथो स्थानमा नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह रहेका छन् । सिंहले २२६६  मत ल्याउँदा राप्रपाका किशोरकुमार सिंहले २०६मत मात्रै ल्याएका छन् । 

यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्