१ क्विन्टल सुन प्रकरणमा विमानस्थल भन्सारका अधिकृतसहित दुई जना निलम्बनमा

शुक्रबार, साउन ५, २०८०

काठमाडौं । अवैध रुपमा भित्रिएको १ क्विन्टल सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतसहित दुई जना छानबिनका लागि निलम्बन भएका छन् ।

निलम्बनमा परेकाहरुमा विमानस्थल भन्सार कार्यालयका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाल रहेको भन्सार विभागले जनाएको छ।

मंगलबार हङकङदेखि क्याथे प्यासिफिक एयरबाट काठमाडौँ ल्याइएको १ क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा  राजस्व अनुसन्धान विभागले १० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा एक जना चिनिया नागरिक जीक्वाङ लिनसमेत छन् । त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई पनि छानबिनका लागि निलम्बन गरिएको छ।

निलम्बन भएका अधिकृत चन्द र जाँचकी ढकालसँग राजस्व अनुसन्धान बिभागले  छानबिन गरिरहेको बताइएको छ।

उनीहरुलाई भन्सार विभागका अनुसन्धान  निर्देशक मानबहादुर पौडेलले छानबिनका लागि सोधपुछ  गरिरहेका छन् ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्