बझाङमा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

बझाङ । बझाङ प्रदेश सभा १ (१) मा नेकपा एमालेका दमनबहादुर भण्डारी दोब्बर मतले अग्रता लिएका छन् ।

अहिलेसम्म ४ वटाको मतगणना हुँदासम्म एमालेका भण्डारीले १३०३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ भण्डारीलाई पछ्याउँदै छन् । त्यस्तै माओवादीका जनक बुढाले ४०२ मत ल्याउदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत पाएका छन् ।

अहिलेसम्म करिब ३ हजार मतगणना भएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्