नेपालगञ्ज -५ मा हाइमास्ट जडान भएपछि स्थानीय हर्षित

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा हाइमास्ट जडान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले संयुक्तरुपमा बत्ती बालेर हाइमास्टको उद्घाटन गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले प्रदेश सरकारसँगको सहयोगमा हाइमास्ट जडान गरिरहेको छ । निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालको पालामा हाइमास्ट जडानको बजेट आएको हो ।

नेपालगञ्जको न्यूरोडसहित सहरका मुख्य ८ वटा चोकमा हाइमास्ट जडान भइरहेको नगर प्रमुख विष्टले बताए । नेपालगञ्जलाई उज्यालो सहरका रुपमा विकास गर्न हाइमास्ट जडान भइरहेको छ । हाइमास्ट जडान भएपछि स्थानीयबासी खुसी भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्