काठमाडौंको शंखमुलमा भीषण आगलागी

आइतबार, वैशाख १६, २०८१

काठमाडौं । काठमाडौंको शंखमुलमा भीषण आगलागी भएको छ।

आज दिउँसो शंखमुलस्थित दोभानमा रहेको मोटरसाइकल वर्कशपबाट लागेको आगो उक्त वर्कशपसँगै जोडिएका कार वर्कशप र दुई वटा टहरामा सल्केको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट त्यहा रहेका पानपसल, चियापसल र फलफुल तथा अन्य पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरको दमकल, सुरक्षाकर्मी र स्थानीयले  आगो निभाउने क्रम जारी छ। विस्तृत विवरण आउँन बाँकि ।

 


 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्