वेष्ट इन्डिजले नेपाललाई दियो १६१ रनको लक्ष्य

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा जारी नेपाल र वेष्ट इन्डिज ए बीच को ५ सिरिज टी -२० को दोस्रो खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ए  ले २०  ओभर खेलेर  ७ विकेट गुमाउँदै १६०  रन बनाएको हो।

वेष्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्वाधिक  ४३ रन जोडेका छन् । वेष्ट इन्डिज ए का कप्तान रोस्टन चेसले २३ रन , एलिक एथानाजे ६ रन बनाए। जोनसन चार्ल्स ११ रनमा बोल्ड आउट भए।

केसी कार्टीले १० रन बनाए भने हेडेन वाल्शले ९ रन जोडे। त्यस्तै म्याथ्यू फोर्ड ११  र   गुडाकेश मोटीले ३३  रन बनाए।

नेपालका सागर ढकाल  र कुशल भुर्तेल २-२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले -१ विकेट लिए।

वेष्ट इन्डिज ए र नेपाल आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने टी-२० विश्वकपको तयारीका लागि मैत्रीपूर्ण सिरिज खेलिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्