इलाम - २ को मतगणना सुरु

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

इलाम ।  प्रतिनिधि सभातर्फको इलाम - २ को  उपनिर्वाचनको मतगणना सुरु भएको छ। ढिलै गरेर मतगणना जम्मा २ ठाउँमा मात्र मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना इलाम-२ स्थित गौतम बुद्द सम्मेलन केन्द्रमा हुँदैछ।

शनिबार भएको निर्वाचनमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ। 

इलाम-२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्