वेष्ट इन्डिजले टस जितेर ब्याटिङ गर्दै, फिल्डिङमा नेपाल

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालले आज वेष्ट इन्डिज ए सँग दोस्रो  टी-२० खेल्दैछ। शनिबारदेखि त्रिवि मैदानमा सुरु भएको ५ टी-२०  अन्तर्गत आजको दोस्रो खेलमा  टस  जितेर  वेष्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्दै नेपाललाई फिल्डिङ गर्ने अवसर दिएको छ।

सिरिजको पहिलो खेलमा नेपालले पहिलो फिल्डिङ गर्दै वेष्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा वेष्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्यलाई २ बल बाँकि हुँदै नेपाल विजयी भएको थियो। जसमा नेपालका कप्तान रोहित पौडेलले ११२ रन बनाएका थिए। पहिलो खेल जितेर मनोबल उच्च रहेको नेपाली खेलाडीहरुले आज पनि उच्च प्रदर्शन गर्ने अनुमान छ।

नेपालको आजको टिम ११ मा  कप्तान रोहित पौडेलसहित आरिफ शेख, कुशल भुर्तेल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, लोकेश बम, गुलशन झा, ललित राजबंशी, सागर ढकाल,  आकाश चन्द , सोमपाल कामी छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको तेस्रो खेल मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

वेष्ट इन्डिज नेपालमा पहिलोपटक टी-२० खेल्न आउँदा जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । नेपालले घोषणा गरेका यिनै २० खेलाडीबाटो आगामी विश्वकपका लागि अन्तिम नाम टुंगो लाग्नेछ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्