युट्युब हेरेर आफैले बनाएको पेस्तोल पड्किएर राप्तीसोनारीमा १६ वर्षीय युवक घाइते

आइतबार, वैशाख १६, २०८१

नेपालगन्ज । बाँकेमा आफैंले बनाएको घरेलु हतियार (पेस्तोल ) पड्किएर एक जना घाइते भएका छन् ।

गएराती राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारु आफैंले बनाएको  पेस्तोल  पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
 
युट्युब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाई आफ्नै पाइन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएर दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिन गई घाइते भएको प्रहरीले जनाएको छ । 

थारुको नेपालगन्ज मेडिकल कलेज नेपालगंजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । हतियार प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्